• २०८१ बैशाख १६ आइतबार

धनकुटाको महालक्ष्मी नगरपालिका अनियमितता गरेको भन्दै अख्तियारले माग्यो विवरण

kharibot

काठमाडौँ । धनकुटाको महालक्ष्मी नगरपालिकाका विभिन्न विषयमा भएको अनियमितताको बारेमा अख्तियारमा उजूरी परेको छ ।

प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा भएका अनियमितताको बारेमा अख्तियारमा उजुरी परेपछि अख्तियारले नगरपालिकालाई एक पत्र लेख्दै विवरण मागेको पाइएको छ ।

अख्तियारले आलुको विउ खरिदमा भएको अनियमितता, सडक गुरु योजना निर्माणको काममा छलफल नै नगरी भुक्तानी गरेको विषय, नगर सभाले पारित गरे विपरित उपभोक्ता समितिलाई जिम्मेवार बनाइ काम गरेको भन्दै अख्तियारले यी कामको विवरण मागेको छ ।

त्यसैगरी शिक्षकलाई दिइएको डिजिटल साक्षरता तालिम कार्यक्रममा उपलब्ध गराइएको भन्दा बढी बिल भर्पाइ गरेर भुक्तानी गरेको विषयमा समेत अख्तियारले विवरण मागेको छ ।

शिक्षकलाइ दिइएको डिजिटल साक्षरता तालिममा नगर प्रमुख ध्रुवराज राया, प्रमुख प्रशासकीय अधिकृत निलकण्ठ विश्वकर्मा र शिक्षा अधिकृत रमेश प्रसाद दाहाल तथा रोजगार सहयक दिनेश बिक्रम थापासहितले डिजिटल साक्षरता तालिममा सहभागी शिक्षकलाई गत आर्थिक बर्षमा तालिममा सहभागी भए बापत २५ सय भुक्तानी गरेकोमा अख्तियारले विवरण माग गरेपछि तालिममा सहभागीलाई अहिले थप निकासा आयो भन्दै थप ४ हजार गरि श्रेस्ता परिवर्तन गरेर कुल ६५ सय भुक्तानी गरेको पाइएको छ ।

साथै अख्तियारले सवारी साधनको मर्मतमा फर्जी बिलको प्रयोग गरेको, कानुनी सल्लाहकार नियुक्ति गरि कुनै काममा नलगाएर भुक्तानी गरेको, इन्धन मापदण्ड विपरित खर्च गरेको साथै विभिन्न जिन्सी सामग्री स्थानीय बजारभन्दा बाहिरबाट महँगो मुल्यमा खरिद गरेको तथा कतिपय सामाग्रीको बिल मात्र ल्याएर भुक्तानी गरेको भन्दै विवरण माग गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै