• २०८१ बैशाख ८ शनिबार

एमाले—माओवादी एकता : एउटा जुगको अन्त्य !

kharibot
  • एक जुगमा एक दिन एकचोटि आउँछ
  • उलटपुलट, उथलपुथल हेरफेर ल्याउँछ  

गायक रामकृष्ण दुलालले गाएको यो गीत मैले पटक–पटक सुनेको छु । यो गीत सुन्दा मलाई मात्र होइन, मेरै उमेरका तमाम नौजवान युवाहरुलाई क्रान्तिमा होमिन र देशप्रतिको माया जाग्न खुबै प्रेरित गरेको हुन्छ । अर्को गीतको पनि मलाई उत्तिकै सम्झना आउँछ, बार बार सुन्न मन लाग्छ । 

  • चैर मुसी चैर, मुसात संसारै ध्येज्ञा यसामुसा काईनाई । (चुप लाग मुसा चुप लाग,मुसा धेरै देखीए तर यस्तो मुसा कतै पनि देखिएन ।) 

यो गीत पनि एकताका सुदूरपश्चिमा खुबै चल्यो तर यो गीत गाएबापत गायकले जागिर नै गुमाउनुप¥यो । एक गायकको आजसम्म हाई हाई छ । उनले गाएको यो गीत आन्दोलन, सभा तथा समारोहमा बज्छ । अर्का गायकले गीत गाएबापत जागिर नै गुमाउनुप¥यो र गीत नै बन्द गरिएको थियो केही समय । गायक रामकृष्ण दुलालले गाएको एक जुगमा एक दिन र नरेन्द्र रेग्मीले गाएको चैरमुसीको सम्बन्ध त एक आपसमा छैन । गीत नै फरक छन् फरक परिवेश फरक प्रसंगमा गाइएका छन् । 

एक जुगमा एक दिनले युवा वर्गलाई परिवर्तनको लागि झक्झक्याउँछ भने चैर मुसीले निराशा जगाउँछ । चैर मुसी चैर गीत सुन्दा यो देशमा सोझासाझा जनतालाई कानुन नै छैन भन्ने भान हुन्छ । कुरा गीत संगीतको गर्न खोजेजस्तो लाग्नसक्छ तर विगतमा गाइएका यी गीतले समसामयिक राजनीतिक परिवेशसँग मिल्न गएकोले गीत÷संगीतको प्रसंग उठाउनुपरेको मात्रै हो । 

नेपालमा राजनीति गरिरहेका नयाँ पुराना सबै राजनीतिक दलहरुको पृष्ठभूमि आन्दोलन र  संघर्षबाटै आएको देखिन्छ र आएका हुन् पनि । हाल नेपालमा रामकृष्ण दुलालले भनेजस्तो एक जुगमा एक दिन पनि आयो र उलटपुलट ल्याएको छ । केही दिनपहिले मात्रै फरक धारको राजनीतिबाट उदाएका दुई ठूला वामपन्थी पार्टी एक भएका छन् । २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी २०१९ सालपछि पार्टीमा फुट आउन थालेको हो ।

त्यही फुटबाट जन्मिएर दर्जनभन्दा भेरै वामपन्थी दलहरु । तर आज दर्जनबाटै भएका दुई ठूला कम्युनिस्ट पार्टी आपसमा मिल्दा पुराना फुट कम्युनिस्ट पार्टीको आन्तरिक द्वन्द्व र वैचारिक विचलनसँगै एक जुगको अन्त्य भएको मान्न सकिन्छ । उलटपुलटकै लागि राणाहरुको शासनविरुद्ध आन्दोलनमा होमिएको नेपाली काँग्रेस होस् या २००६ सालपछि स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी हालको एमाले होस् सबैले आन्दोलनको सामना गर्नुप¥यो ।

संघर्षको मैदानबाट आएका पार्टी एक हुनुलाई एक दिन आएको मान्न सकिन्छ तर एक दिन त आयो एक जुग भुलेर आएको छ ।

देशमा रहेको जहानीया राणाशासन, राजतन्त्र, राजाहरुले राजनीतिक दलहरुलाई लगाएको प्रतिबन्धजस्ता अप्ठयाराहरु पार गर्दै माओवादीले २०५२ सालमा जनयुद्ध गर्ने घोषणा गरेको हो । सशस्त्र द्वन्द्वका रुपमा तत्कालीन नेकपा माओवादीले गरेको युद्ध नेपालमा १२ वर्षसम्म चल्यो, १७ हजार नेपाली नागरिक मारिए । राजनीतिक दलहरुले गरेको संघर्षको इतिहास हेर्ने हो भने राजा पृथ्वीनारायण शाहले भनेको यो मेरा साना दुःखले आर्जेको सम्पत्ति होइन भन्ने भनाइको पनि सम्झना आउँछ । 

यो देशलाई राणाहरुको शासनबाट छुट्कारा दिलाउन, राजतन्त्र हटाउन, केन्द्रीकृत राज्य व्यवस्थाबाट संघीय राज्य व्यवस्थामा लैजान देशलाई समृद्धितिर लैजान राजनीतिक दलहरुले ठूलै संघर्ष गर्नुप¥यो । स्थापनाकालदेखि नै फरक विचार मान्दै आएका गुट/उपगुटमा आएका कम्युनिष्टहरुले एकजुट भएर निर्वाचनमा कहिल्यै गएनन् र बहुमतको सरकार कहिल्यै सञ्चालन गर्न पाएनन् । नेपालकै इतिहासमा २०५१ सालमा पहिलोपटक कम्युनिष्टको सरकार गठन भयो तर नौ महिनाभन्दा बढी टिकाउन सकेन ।

एमालेको सरकार गठन हुनुभन्दा पहिले नै माओवादीले आन्दोलन सुरु गरिसकेका थिए भने सरकार गठनपछि एमाले पार्टी नै विभाजन भयो । यसरी आपसमै अविश्वास र आरोप प्रत्यारोपमा लगाउँदै कहिले पार्टी विभाजन त कहिले एकीकरण गर्दै आएका कम्युनिष्टहरुको यो एकीकरण भने एक जुगको अन्त्यपछि स्थापना भएको पार्टी मान्न सकिन्छ । पहिलो हरफमा उल्लेख गरेको गीतले भनेअनुसार एक युगमा एक दिन एक पटक आउँछ भनेको आज आएर संघर्षको मैदानबाट आएका पार्टी एक हुनुलाई एक दिन आएको मान्न सकिन्छ तर एक दिन त आयो एक जुग भुलेर आएको छ ।

तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डका राजनीतिक गुरु मोहन वैद्य किरण र सहयात्री विप्लव, बाबुराम भट्टराईले अलग पार्टी स्थापना गरेर आन्दोलनमै होमिएका छन् । प्रचण्डले आफ्नै सहयात्रीसँग पार्टी एकताको लागि कुनै बहस नै गरेको देखिएन । तत्कालीन माओवादीका युद्धमा होमिएका जनसेना नेपाल सेनामा प्रवेश गरेपछि अरु राजनीतिक दलहरुले माओवादीलाई राजनीतिक मूलधारमा आएको भनेर विश्वास गरेका थिए । पहिलो संविधानसभामा माओवादी देशकै ठूलो पार्टी भयो एमाले तेस्रो पार्टी भयो, माओवादी सरकार पनि गयो ।  सरकारमा गई सत्ताको स्वाद चाखेपछि नै तत्कालीन माओवादी तीन चिरा भएको हो । 

२०१९ सालपछिको पार्टी विभाजनले वाक्कदिक्क भएका वामपन्थी दलहरु पार्टी एकीकरण भएपछिका दुवै अध्यक्ष केपी ओली र प्रचण्डले दुई दलको एकता मुलुकलाई राजनीतिक स्थिरता, विकास र समृद्धितर्फको यात्राका लागि ऐतिहासिक भनेका छन् । उनीहरुको भनाइमा पुरानो जुगको अन्त्यसँगै नयाँ युगको प्ररम्भ भएको त मान्न सकिन्छ तर मुलुकर जनताका निम्ति बहुमतको सरकारको यति ठूलो जनशक्ति परिचालन गर्न सक्षम हुन्छन् कि असक्षम भन्ने जनमानसमा शंका उब्जेको छ ।

कम्युनिष्ट पार्टीहरुको राजनीतिक विचलन हेर्दै जाने हो भने एकतापछि पनि पार्टी धेरै पटक विभाजन भएका छन् ।

पार्टी एकता गर्दा गरेको छ बुँदे घोषणापत्रमा भनेको एउटा बुँदा हेर्ने हो भने युगीन महत्वको यस घोषणलाई राजनीतिक स्थायित्व, दिगो शान्ति र समृद्धि कायम गर्ने लामो समयदेखिको राष्ट्रको आवश्यकता र जनताको चाहना पूरा भएको भनिएको छ । के पार्टी एकता हुनु मात्रै जनताको चाहना हो त ? पार्टी एकता हुनु नै जनताको चाहना नभई देशमा समृद्धि, राजनीतिक स्थायित्व र आर्थिक उन्नति चाहेका हुन् । कम्युनिष्ट पार्टीहरुको राजनीतिक विचलन हेर्दै जाने हो भने एकतापछि पनि पार्टी धेरै पटक विभाजन भएका छन् ।

विगतभन्दा फरक ढंग र परिवेशबाट एकतामा आएको माओवादी केन्द्र र नेकपा एमालेले भने आफ्ना फरक विचारधारालाई एक बनाउन आफूले मान्दै आएका सिद्धान्त छोडे भने पार्टीनै बर्खास्त गरेका छन् । 

एकतापछि पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेलिनवाद हुनेछ र एक्काईसौँ शताब्दीको जनवाद, माओवाद लगायतका सिद्धान्त महाधिवेशनसम्म छलफल चलाउँदै जानेछ । नेकपा एमालेले २०४९ सालदेखि जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै शान्तिपूर्ण लोकतान्त्रिक संसदीय राजनीतिक अभ्यासबाट उदाएको पार्टी हो । माओवादी २०५२ सालदेखि १० वर्ष सशस्त्र युद्ध लडेर राजनीतिक शक्ति आर्जन गरेको पार्टी हो ।

सशस्त्र युद्ध लडेर आएको पार्टी र नेकपा एमाले पहिलोपटक २०६२/०६३ को आन्दोलनमा राजनीतिक मोर्चा आबद्ध भएका थिए । त्यसपछि भएका संविधानसभाका निर्वाचनमा आपसी प्रतिस्पर्धा गरेर दुवै दल निर्वाचनमा होमिएका थिए । आपसी आरोप प्रत्यारोपमा धेरै वर्ष बिताएका माओवादी एमाले दुवै दलले एउटै जनतालाई भोट बैंक मानेपछि दल एकताको विकल्प नरहेको भन्दै पछिल्लो निर्वाचनमा एक मोर्चा भएर चुनाव लडेका हुन् । चुनावका बेला एकता हुन्छ भनेका दलले झण्डै छ महिनापछि पार्टी एकता गरेका छन् ।

अहिले सबैतिर एकलौटी बहुमत छ । यो बहुमतको नेकपालाई मात मात्रै लाग्ने हो भने देशको दुर्दशा सुरु नहोला भन्न सकिँदैन । 

दुवै पार्टी बर्खास्त भएपछि चुनाव चिह्न भने सूर्य रहने भनेको छ भने तत्कालको कार्यक्रम जनताको जनवाद हुनेछ भनेपछि माओवादीले आफ्नो सम्पूर्ण इतिहास बिर्सेर नेकपा एमालेमा विलय भयो भन्दा फरक नपर्ला । दुवै दलको एकतापछि नेकपा देशको शक्तिशाली पार्टी त बन्यो यो शक्तिशाली पार्टी बनेपछि माओवादीबाट अलग भएका वामपन्थी दलहरुका पनि समर्थक नबढ्लान् भन्न सकिन्न । २०७४ असोज १७ गते चुनावी तालमेलसँगै पार्टी नै एकता गर्ने घोषणा गरेपछि बनेको वाम गठबन्धनले बहुमत ल्याएको हो ।

दल एकतापछि प्रतिनिधिसभामा दुई सय ७५ सिटमध्ये एक सय ७४ सांसद् रहेका छन् भने राष्ट्रियसभामा ४२ जना सांसद् पुगेका छन् । प्रदेशसभामा प्रदेश नं. २ बाहेक सबै प्रदेशमा बहुमत नै आएको छ । ७ सय ५३ स्थानीय तहमा ३५ हजारभन्दा बढी जनप्रतिनिधिमा १९ हजारभन्दा बढी नेकपाकै रहेका छन् । कम्युनिष्ट पार्टी गठन भएपछि आजसम्म बहुमत थिएन ।

अहिले सबैतिर एकलौटी बहुमत छ । यो बहुमतको नेकपालाई मात मात्रै लाग्ने हो भने देशको दुर्दशा सुरु नहोला भन्न सकिँदैन । दुई अध्यक्ष बनेपछि यति ठूलो जनशक्तिलाई परिचालन गर्नु जरुरी देखिन्छ । 

धेरै पछि देशले पाएको कम्युनिष्टको बहुमतको सरकारबाट जनताले ठूलै आशा त गरेका छन् तर यति ठूलो पार्टीका यतिधेरै नेता कार्यकर्ताले मुसाको रोल खेल्ने त होइनन् ? आफ्नै नेता कार्यकर्ताको मुसाको रोलबाट देश र जनतालाई जोगाउन ओली प्रचण्डलाई ठूलै सकस पर्नेछ ।

समान हैसियतमा एकता भएको पार्टीले देशलाई समृद्धिको लागि पनि कुनै कञ्जुस्याइँ नगर्ने हो भने देशको मुहार त फेर्छ तर एक जुगमा एक दिन भनेर आन्दोलन गर्नबाट भने कम्युनिष्ट दल वा आफ्नै नेता कार्यकर्तालाई टाढा राख्न सक्नुपर्नेछ ।   

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै