• २०८१ बैशाख १५ शनिबार

पाकिस्तानी कलाकारलाई बलिवुडमा काम गर्न प्रतिबन्ध हट्यो

kharibot

मुम्बई । विगत ७ वर्षदेखि पाकिस्तानी कलाकारलाई बलिवुडमा काम गर्न प्रतिबन्ध लगाइएको थियो । अब भने बम्बे उच्च अदालतले हालै यो प्रतिबन्ध लम्ब्याउन माग गरेको निवेदन खारेज गरेको छ ।

यो प्रतिबन्धका कारण माहिरा खान, फवाद खान, आतिफ असलम, अली जफर, जावेद शेख र राहत फतेह अली खान लगायत धेरै ठूला पाकिस्तानी कलाकार प्रभावित भएका थिए ।

मुद्दाको अध्यक्षता गरेका न्यायाधीश सुनिल बी शुक्रे र फिरदौस पुनीवालाले यस्तो प्रतिबन्धले सांस्कृतिक सद्भाव, एकता र शान्तिलाई प्रवर्द्धन गर्न नसक्ने धारणा व्यक्त गर्दै निवेदन खारेज गरेका थिए । न्यायाधीशहरूले यो याचिकामा योग्यता नभएको र यसलाई दिन अस्वीकार गरेको बताए ।

इजलासले भन्यो- 'मनको असल व्यक्तिले देश भित्र र सीमापार शान्ति, सद्भाव र शान्ति प्रवर्द्धन गर्ने कुनै पनि गतिविधिलाई आफ्नो देशमा स्वागत गर्दछ । कला, संगीत, खेलकुद, संस्कृति, नृत्य आदि राष्ट्रियताभन्दा माथिका गतिविधि हुन् । संस्कृतिले वास्तवमा दुई देशबीच शान्ति, एकता र सद्भाव ल्याउँछ ।' इजलासले अगाडी भन्यो-  'अदालतले देशभक्त हुनका लागि अर्को देश विशेष गरी छिमेकी देशका जनताप्रति शत्रुताको भावना हुनु आवश्यक छैन भन्ने कुरा जनताले बुझ्नुपर्ने बताएको छ । एक सच्चा देशभक्त त्यो हो जो निस्वार्थ र आफ्नो देश को लागी समर्पित छ ।'

पाकिस्तानी कलाकारलाई भारतमा काम गर्न प्रतिबन्ध लगाउने याचिका एक सिनेकर्मी फैज अनवर कुरैशीले दायर गरेपछि बम्बई उच्च अदालतमा ल्याइएको थियो । यस याचिकामा फैजले भारत सरकारले पाकिस्तानी कलाकार, संगीतकार, गायक, गीतकार र प्राविधिकलाई प्रतिबन्ध लगाउन र उनीहरूसँग कुनै सम्बन्ध नराख्न माग गरेका थिए ।

याचिकाकर्ताले सूचना तथा प्रसारण मन्त्रालय, विदेश मन्त्रालय र गृह मन्त्रालयलाई पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध लगाउन निर्देशन समेत मागेको थियो ।

सन् २०१६ मा उरी हमलापछि भारतले पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाएको थियो । पाकिस्तानी अभिनेता फवाद खानले अक्टोबर २०१६ मा रिलिज भएको बलिउड फिल्म ‘ए दिल है मुश्किल’ मा काम गरेका थिए । बलिउड फिल्ममा पाकिस्तानी कलाकारको यो अन्तिम पटक थियो । यसअघि पाकिस्तानी कलाकारले ‘रईस’, ‘खूबसुरत’, ‘मेरे ब्रदर की दुल्हन’, ‘कपूर एण्ड सन्स’ र ‘किल-दिल’ जस्ता बलिउड फिल्ममा काम गरिसकेका छन् ।

अब भने पाकिस्तानी कलाकारले बलिवुडमा काम गर्ने बाटो खुलेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै