• २०८१ बैशाख २३ आइतबार

टेस्ट क्रिकेटमा अस्ट्रेलियामाथि बंगलादेशको ऐतिहासिक जित, शकिब बने खेलका नायक 

kharibot

तस्बिर : क्रिकइन्फो

काठमाडौँ । अस्ट्रेलियासँगको पहिलो टेस्ट क्रिकेटमा बंगलादेशले ऐतिहासिक जित हासिल गरेको छ । यससँगै दुई दिनमा टेष्ट क्रिकेटमा दुई ठुला नतीजा आएका छन् । 

सन् २००० पछि वेस्ट इन्डिजले ईङल्याण्डलाई टेस्ट क्रिकेटमा पराजित गरेको अर्को दिन बंगलादेशले अस्ट्रेलियामाथि टेस्ट क्रिकेटमा पहिलो जित हासिल गरेको छ ।

बंगलादेश भ्रमणमा रहेको अस्ट्रेलियन टोली ढाकामा भएको पहिलो टेस्टको खेलको चौथो दिन बुधबार २३७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया दोस्रो पारीमा सबै विकेटको क्षतिमा दुई सय ४४ रन मात्रै बनाए पछि बंगलादेशले २० रनले खेल जितेको थियो । 

दोस्रो पारीमा अस्ट्रेलियाका लागि डेविड वार्नरले एक सय १२, कप्तान स्टिभन स्मिथले ३७ तथा प्याट कमिन्सले ३३ रन बनाए । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बंगलादेशका शकिब अल हसनले खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेट लिएका थिए । त्यस्तै अन्य बलर  ताइजुल इस्लामले तीन तथा मेहदी हसन मिर्जाले दुई विकेट लिए ।

अस्ट्रेलियानले पहिलो पारीमा दुई सय १७ रन बनाएको थियो । पहिलो पालीमा दुई सय ६० रन बनाएको बंगलादेशले दोस्रो पारीमा दुई सय २१ रन बनायो । 

यो जितसँगै दुई टेस्टको श्रृङ्खलामा बंगलादेशले १–० को अग्रता लिएको छ ।  

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै