• २०८१ बैशाख १६ आइतबार

प्रिन्सिपल हत्याको बिरोधमा मधेसका प्रदेशका बिद्यालयहरु बन्द गरिने

kharibot

बारा । मधेस प्रदेशका बिधालयहरू आज बन्द हुने भएका छन् । बाराको एक बिद्यालयका प्रिन्सपल रुपेश सर्राफको हत्याको बिरोधमा आज मधेसका बिद्यालयहरु बन्द हुन लागेका हुन । 

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को आब्हानमा मधेश प्रदेशका बिद्यालयहरु एक दिनका लागि शोक बिदा दिईएको हो ।

बाराको कलैयास्थित बाल एकता माविको संचालक तथा प्रिन्सिपल सर्राफमाथि सोमवार दिउँसो गोली प्रहार गरिएको थियो । गोली प्रहारबाट घाइते भएका उनको उपचारको क्रममा वीरगञ्ज अस्पतालमा मृत्यु भएको थियो ।

नेशनल प्याब्सनका प्रदेश अध्यक्ष डा. नन्दन यादव र सचिव जितेन्द्र प्रसाद यादवले जारी गरेको विज्ञप्तीमा सर्राफको हत्याप्रति कडा निन्दा र भर्त्सना गरिएको छ ।सो हत्या विरोधमा आज नेशनल प्याब्सन अन्तर्गत प्रदेशभरका विद्यालयहरु बन्द गर्ने निर्णय भएको सो विज्ञप्तीमा उल्लेख छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै