• २०८१ बैशाख १६ आइतबार

एमालेको चियापानमा झाँक्रीलाई अंगालो हालेर अष्टलक्ष्मीको स्वागत !

kharibot

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्री नेकपा एमालेको चियापानमा गएको विषयले चर्चा पाएको छ । बुधबार एमालेको चियापान कार्यक्रममा सहभागी हुन झाँक्री च्यासल पुगेकी हुन् ।

झाँक्रीलाई एमाले नेतृ अष्टलक्ष्मी शाक्यले अंगालो हालेर स्वागत गरेकी थिइन् । त्यस्तै झाँक्रीलाई एमाले महासचिव शंकर पोखरेल, नेता विष्णु रिमाल लगायतक नेताहरुले स्वागत गरेका थिए । एमालेले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवासमेत सहभागी भएका छन् र चियापान 
अहिले पनि जारी छ ।

पछिल्लो समय एकीकृत समाजवादीमा सन्तुष्ट रहेकी झाँक्री एमाले जाने चर्चा पनि चलिरहेको छ । झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालको सार्बजनिक रुपमै आलोचना गर्दै आएकी छन् । उनले एकीकृत समाजवादीले एमालेबाट पार्टी फुटाएको औचित्य साबित गर्न नसकेको भन्दै प्रश्न उठाउदै आएकी छन् ।  

एमालेले चियापानमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित शीर्ष नेताहरूलाई आमन्त्रण गरेपनि अध्यक्ष नेपाल, महासचिव घनश्याम भुसाल भने चियापानमा उपस्थित छैनन् । तर सम्मानित नेता झलनाथ खनाल भने चियापानमा पुगेका छन् ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै