• २०८१ बैशाख २२ शनिबार

गाजाको जमिनी कारवाहीका क्रममा २३ इजरायली सेनाको मृत्यु

kharibot

तेलअभिभ । इजरायली सेनाले गाजामा गरिरहेको जमिनी हमलाका क्रममा अहिलेसम्म आफ्ना २३ सैनिकले ज्यान गुमाएका छन् ।

गाजामा जारी इजरायलको जमिनी कारवाहीका क्रममा अहिलेसम्म २३ सैनिकको मृत्यु भइसकेको इजरायली सेनाले जानकारी दिएको छ ।

इजरायली सेनाले हमासविरुद्ध जारी संघर्षमा गाजा सहरलाई पूर्ण रूपमा घेरेको जनाएको छ । गाजा सहरमा कति मानिस बसिरहेका छन् भन्ने अझै स्पष्ट भइसकेको छैन, तर प्राप्त तस्बीरहरूले सहरमा जताततै विनाश देखाएको छ र सडकहरू खाली देखिएका छन् ।

यसअघि मंगलबार इजरायलका प्रधानमन्त्री नेतन्याहुले अहिले कठिन र लामो युद्ध लडिरहेको बताउदै यस युद्धमा उल्लेखनीय सफलता हासिल गरेको बताएका थिए ।

यस युद्धमा गाजामा ९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने इजरायलमा १४ सयले ज्यान गुमाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै