• २०८१ बैशाख १६ आइतबार

भायानेटले ल्यायो रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग अफर

kharibot

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसनले आफ्नो नयाँ रोमान्चक अफर 'रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग' को घोषणा गरेको छ । यस अन्तर्गत चारजना साथी वा परिवारका सदस्यलाई रेफर गर्ने ग्राहकहरूले ४ महिनाको निस्शुल्क इन्टरनेटका साथै अल्टिमा इयरबडहरू पनि नि:शुल्क प्राप्त गर्न सक्नेछन् । 

यो अफर भायानेटको पहिले नै लोकप्रिय भैसकेको चाडपर्व अफर चाडमा चौका अभियानको विस्तारको रूपमा आएको हो । चाडमा चौका अफर अन्तर्गत भायानेटले नयाँ किफायती इन्टरनेट प्याकेजहरू प्रति महिना भ्याट बाहेक ७०० र ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबडहरू तथा हिमस्टार होम एप्लिएन्सहरूमा ५०५ छुट प्रदान गर्नेछ ।

कार्तिक १६ गतेबाट शुरू भएर मङ्सिर ९ मा अन्त्य हुने यो नयाँ अफर रेफर ४ फ्रेण्ड्स एण्ड विन बिगमा भायानेटका ग्राहकहरूले भायानेट परिवारमा सामेल हुनका लागि चारजना साथी वा परिवारका सदस्यहरूलाई रेफर गरी निम्नलिखित विशेष फाइदाहरू प्राप्त गर्नेछन् ।

१- नि: शुल्क अल्टिमा एटम १९२ वायरलेस इयरबड्सस् तोकिएको समयसीमा भित्र चारजना साथीहरूलाई सफलतापूर्वक रेफर गर्ने प्रत्येक ग्राहकले एक जोड अल्टिमा एटम १९२ वायरलेस इयरबड निस्शुल्क प्राप्त गर्नेछन् ।
२- आफ्नो लागि चार महिनाको नि: शुल्क इन्टरनेट प्रत्येक सफल रेफरलका लागि भायानेटका ग्राहकले स्ट्यान्डर्ड रेफरल योजना अन्तर्गत १ महिनाको नि: शुल्क इन्टरनेट सेवा पाउने छन् । यस अनुसार, चारजना ग्राहकलाई रेफर गर्दा पहिले नै चार महिनाको नि: शुल्क इन्टरनेट प्राप्त हुनेछ ।
३- रेफर गरिएकाको लागि एक महिनाको नि: शुल्क इन्टरनेट ग्राहकद्वारा रेफर गरिएका साथी वा परिवारजनलाई भायानेटको स्ट्यान्डर्ड रेफरल योजनाको एक भागको रूपमा अल्ट्रा-फाइ योजनाको सदस्यता लिएको खण्डमा एक महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गरिनेछ ।

चाडपर्व अफरको यो विस्तार चाडमा चौकालाई उत्कृष्ट सफलता प्रदान गराउने भायानेटका मूल्यवान ग्राहकहरूप्रति समर्पित छ । उत्सवको यो समयमा कनेक्टेड रहिरहनुको महत्त्वलाई आत्मसात गरी यस अफरमार्फत् कम्पनी आफ्ना ग्राहकहरूको सब्सक्रिप्शनलाई पुरस्कृत गर्न र उत्सवको मौसमलाई थप उल्लासमय बनाउन चाहन्छ ।

भायानेट कम्युनिकेसनकि सीईओ सेवा पाठकले भनिन्- 'असाधारण मूल्य र उत्कृष्ट इन्टरनेट अनुभव प्रदान गर्ने हाम्रो बलियो प्रतिबद्धता छ । हाम्रा ग्राहकहरूलाई आभार व्यक्त स्वरुप यो ‘रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग अफर प्रस्तुत गर्न पाउँदा अत्यन्त खुसी लागेको छ। यस अफरले हाम्रा ग्राहकहरूलाई उच्च गतिको इन्टरनेट प्राप्त गर्न, नि: शुल्क वायरलेस इयरबडको आनन्द लिन र आफ्ना प्रियजनसँग भायानेटको विशिष्ट अनुभव बाँड्न सघाउने विश्वास लिएका छौँ ।'

त्यसैले रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग अफरको यो अवसरलाई नगुमाउउन र भायानेट मार्फत् अझै धेरैजनासँग जोडिन, अझै धेरैलाई अनुभव बाँड्न र ईन्टरनेटको आनन्द लिन कम्पनिले आग्रह गरको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै