• २०८१ बैशाख १५ शनिबार

प्रधानमन्त्री प्रचण्डले ल्याए ७ जना घाइतेलाई सुर्खेत

kharibot

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७ जना घाइतेलाइ सुर्खेत ल्याएका छन् ।

गएराती जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्प परी घाइते भएका मध्ये ७ जनलाइ सुर्खेत ल्याएका हुन् ।

प्रधानमन्त्री प्रचण्डको सचिवालका अनुसार उनीहरूलाइ जाजरकोटबाट सुर्खेत ल्याइएको हो । उनीहरूकाे सुर्खेतमा उपचार जारी रहनेछ ।

भुकम्प गए पछि एकाबिहानै प्रभावित क्षेत्र जाजरकोट पुगेका प्रधानमन्त्री प्रचण्डले घाइतेहरूको उपचार तथा पीडितहरूको व्यवस्थापन गर्न निर्देशन दिइसकेका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै