• २०८१ बैशाख १५ शनिबार

ला लिगाको शिर्ष स्थानमा उक्लियो गिरोना

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत गिरोना शिर्ष स्थनमा उक्लिएको छ । गएराती सम्पन्न खेलमा गिरोनाले ओसासुनालाई ४-२ गोल अन्तरले पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको हो ।

गिरोनाको जितमा इभान माटिन, अर्टेम डोभबिक, भिक्टर टाईहानकोभ र एलेक्स गार्सियाले एक एक गोल गरेका थिए ।

त्यसैगरि ओसासुनाका लागि आन्ट बुडिमिरले २ गोल गरेका थिए ।

यो गिरोनाको यस सिजनमा १०औ जित हो । यो जितपछि गिरोनाको १२ खेलमा ३१ अंक भएको छ र लिगको शिर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको एक खेल कम खेल्दै ११ खेलमा २८ अंक रहेको छ ।

त्यसैगरी ओसासुनाको भने यस सिजनमा यो सातौँ हार हो । १२ खेल खेलेको ओसासुनाको १३ अंक छ र लिगमा ११औं स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै