• २०८१ बैशाख १५ शनिबार

ओमानसँग वान बल ब्याटलमा हार्यौं- प्रशिक्षक देसाई

kharibot

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाईले ओमानसँग फाइनलमा वान बल ब्याटलमा हारेको टिप्पणी गरेका छन् । 

खेलपछि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक देसाईले ओमानसँग समुह चरण र फाइनलका दुबै हार एक बलको हार भएको टिप्पणी गरेका हुन् । उनले भने- ‘ओमनसँग दुवै खेलमा हामीले एक बलमा हारेका हौं । हामीले वान ब्याटलमा हारेका हौं । दुवै खेलमा हामीले वान बल ब्याटलमा हारेका हौं ।

प्रशिक्षक देसाईले फाइनल खेलमा पावर प्लेमा राम्रो बलिङ नगरेको समेत टिप्पणी गरेका छन् ।  उनले भने- 'हामीले पावर प्लेमा राम्रो गर्न सकेनौं, मिडल ओभरमा राम्रो भयो, बलिङ योजना अनुसार गर्न विफल भएका हौं ।'

देसाईले ओमानका बलर बिलाल खानले सुपर ओभरमा राम्रो गरेको तर अविनाश बोहोराले राम्रो गर्न नसक्दा हार्न पुगेको बताए । उनले अविनाश स्पेस्लिष्ट बलर भएपनि आजको सुपर ओभरमा राम्रो गर्न नसकेको बताए ।  प्रशिक्षक देसाईँले ओमानका बलर बिलाल खानले राम्रो बलिङ गरेको बताए । सुपर ओभरमा बिलालले पहिलो बलमै कुशल भुर्तेललाई आउट गरेका थिए भने नेपाललाई १० रनमा रोकेका थिए । अविनाश बोहराले बलिङ गरेको सुपर ओभरमा ओमानले २१ रन बनाएको थियो । 

उनले आफूहरुले सुपर ओभरका लागि अभ्यास गरेको भए पनि आज ओमानसँग राम्रो नखेलेको बताए । उनले भने- 'सुपर ओभरको केही तयारी गरेका थियौं । प्रतियोगितामा जे पनि हुन सक्छ भन्ने थियो । तर आज योजना अनुसार हुन सकेन ।’ उनले विवेक यादवको प्रसंशा गर्दै नेपाली क्रिकेटमा नयाँ नाम जोडिएको बताए । उनले भने, 'आज पनि धेरै राम्रो ओभर निकाल्यो । क्याच पनि लियो । त्यसले नेपाल क्रिकेटमा अर्को नयाँ अनुहार थपिदियो ।’

पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक देसाईले गत जनवरी देखि अहिलेसम्मको नेपालको समग्र प्रदर्शनको विश्लेषण गरेका थिए । उनले यो फाइनल हारे पनि यस बर्ष नेपालले एकदिवसीय मान्यता जोगाएको, एकदिवसीय विश्वकप छनोट र एसिया कप पनि खेलेको भन्दै यो बर्ष अविस्मरणीय भएको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै