• २०८१ बैशाख २४ सोमबार

काठमाडौँ महानगरले सडक चौपायालाई दक्षिणकालीस्थित काञ्जी हाउसमा राख्ने

kharibot

काठमाडौँ । काठमाडौँ महानगरले सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर दक्षिणकाली नगरपालिका- ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने भएको छ ।

महानगरका मेयर बालेन शाहले जानकारी दिदै काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरिसकेको बताएका छन् । 

साथै महानगरले हेरचाह गर्नका लागि २ जना स्थानीयलाई दैनिक ज्यालादारीमा राखेको र दक्षिणकाली नगरपालिकाको वडा नं. ७ सँगको सहकार्यमा पानी, विजुलीलगायत सुविधा प्रबन्ध गरेको मेयर बालेनले जानकरी दिएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै