• २०८१ बैशाख १६ आइतबार

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ

kharibot

चितवन । चितवन राष्ट्रिय निकुञ्जले चाडपर्वका समयमा चोरीसिकोरी हुनसक्ने जनाउँदै सुरक्षा व्यवस्थामा कडा गरेको छ ।

चाडपर्वका समयमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए । यसका लागि निकुञ्जमा डुङ्गा गस्तीको सङ्ख्या थप गरिएको छ ।

तत्काल परिचालन हुनका लागि विशेष टोली तयारी अवस्थामा राखिएको उनले बताए । निकुञ्जको ६७  सुरक्षा पोष्टमा नेपाली सेना, निकुञ्ज कर्मचारी तथा अन्य सुरक्षा संयन्त्रले काम गरिराखेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

“त्यसैगरी हात्तीमा गस्ती, घुमुवा गस्तीसहितको व्यवस्था मिलाएका छौँ” उहाँले भन्नुभयो, “कार्यालयमा अन्य कर्मचारी पनि आलोपालो गरी बिदामा जाने गरी व्यवस्था मिलाईएको छ ।”निकुञ्जमा पैदल, साइकल, जीप, हात्ती, डङ्गा लगायतबाट नियमित गस्ती गर्ने गरिन्छ । यसका अतिरिक्त रात बिताउने गरी संवेदनशील ठाउँमा गस्ती गर्ने गरिएको छ ।

यसलाई ‘एम्बुस’ नाम दिएर परिचालन गरिएको छ । निकुञ्जभित्र मानिसको चहलपहल धेरै हुने ठाउँमा लुकाएर क्यामरा राख्ने गरिएको छ ।

निकुञ्जका ठाउँठाउँमा सिसी क्यामरा र स्पाई क्यामरा राखिएको छ । निकुञ्जमा विश्वमा नै दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, नीलगाई, घडियाल गोही, हात्तीलगायतका जनावर रहेका छन् ।

पछिल्ला दिनमा जङ्गली ध्रुवे हात्तीले माडी र भरतपुरका राप्ती नदी किनारका बस्तीमा दुःख दिन थालेपछि दुर्घटना नहोस् भन्नका लागि सजगता अपनाइको उनले जानकारी दिए ।

निकुञ्ज र नेपाली सेनाका गाडीले हात्तीलाई निगरानी राखिएको छ भने उपभोक्ताले मध्यवर्ती क्षेत्रमा ट्याक्टरमार्फत् निगरानी गरिरहेका छन् ।

जसका कारण निकुञ्ज सुरक्षामा समेत सहयोग पुगेको छ । वर्षात र चाडपर्वको समयमा तस्कर सक्रिय हुनसक्ने भएकाले विशेष निगरानी गरिएको हो । 

कलात्मक ढुङ्गेधारा निर्माण

धार्मिक तीर्थस्थल देवघाट जाने बाटोमा  कलात्मक ढुङ्गेधारा निर्माण गरिएको छ । भरतपुर महानगरपालिका–१ स्थित देवघाटधामको विश्रामस्थलमा निर्मित सो ढुङ्गेधारा देवघाटधाम आउने तीर्थालु र मलामीलाई लक्षित गरी निर्माण गरिएको हो ।

देवघाटमा शव लैजाँदा उक्त ठाउँमा शव रोकी पिण्ड दिने प्रचलन रहेको छ । पिण्ड दिन जल (पानी) आवश्यकपर्ने भएकाले उक्त ठाउँमा ढुङ्गेधारा निर्माण गरिएको हो ।

वागमती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय अन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन हेटौँडाले भरतपुर महानगरपालिकासँगको सहकार्य सो ढुङगे धारा निर्माण गरेको हो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आज धाराको शुभारम्भ गर्दै भरतपुरमा पहिलो पटक ढुङ्गेधारा निर्माण भएको बताइन् ।

खानेपानी तथा सरसफाइ डिभिजन हेटौँडाका प्रमुख हरेराम पौडेलका अनुसार चिसापानी मुहानबाट करिब ३ किमी भूमिगत पाइपबाट सो स्थानमा पानी ल्याइएको हो ।

भरतपुर महानगरपालिकाको सहकार्यमा वागमती प्रदेश सरकारले धारा निर्माणका लागि रु २१ लाख ५७ हजार खर्च भएको प्रमुख उनले बताइन् ।

धारामा शुद्ध पानीको प्रबन्ध मिलाउन ‘ट्रिटमेन्ट प्लान्ट’ पनि निर्माण गर्ने योजना रहेको उनले जानकारी दिइन् । उक्त स्थानमा बाँदर लगायतका वन्यजन्तुकोसमेत बासस्थान रहेको छ । निरन्तर पानी बहने ढुङ्गे धारामा वन्यजन्तुलेसमेत पिउन सहज भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै