• २०८१ बैशाख २१ शुक्रबार

एटिएम मेसिन तोडफोड गरेको आराेपमा एकजना पक्राउ

kharibot

कास्की । पोखरा महानगरपालिका-८ सभागृह हल अगाडि रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा भारत बिहार घर भई हाल पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने २० वर्षीय रवि ठाकुर पसीलाई  प्रहरीले पक्राउ गरेको छ । 

पसीले एटिएम मेसिनको पैसा निस्कने ठाउँ र बक्सको बाहिरी लकमा फलामको रड छिराई क्षति पुर्‍याएको भन्ने सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट सभागृहबाट खटिएको प्रहरीले एटिएम बुथ नजिकै भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनको साथबाट पेचकस १  थान, रड १ थान र कैँची १ थान बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै