• २०८१ बैशाख २० बिहीबार

काठमाडौँ महानगर क्षेत्रमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने

kharibot

काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रमा यस बर्षको तिहारमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ ।

काठमाडौँ महानगरका मेयर बालेन शाहले काठमाडौ महानगर भित्र राती १ बजेसम्म खेल्न अनुमती दिइएको जानकारी दिदै यस समयमा महानगरको नगर प्रहरीले सुरक्षा पेट्रोलिङ गर्ने बताएका छन् । 

बालेनले बिगतको बर्षहरुमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौ महानगर भित्र राती ९ बजेसम्म मात्र खेल्न अनुमती दिइएको बताउदै यो बर्ष काठमाडौ महानगर नगरप्रहरीले 'राती  १' बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको ब्यबस्था मिलाएको छौ र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेल्न अनुरोध गरेका छन् ।

साथै उनले नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन समेत अनुरोध गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै