• २०८१ बैशाख १६ आइतबार

जाजरकोट भूकम्प: तिहारपछि पुनर्निर्माण

kharibot

सुर्खेत । कर्णाली प्रदेश सरकारले तिहारपछि पुनःस्थापनाका साथै पुनर्निर्माणका काम अगाडि बढाउने निर्णय गरेको छ । 

शुक्रबारको मन्त्रिपरिषद् बैठकले भूकम्पका कारण ध्वस्त भएका संरचनाको पुनर्निर्माण शुरु गर्ने निर्णय गरेको हो । प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिममा पुनर्निर्माणमा सघाउन सबै निकायसँग  अपिल गरेको छ । 

मन्त्री परिषद्का निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले स्थायी आवास निर्माणको लागि आवश्यक स्रोतसाधन र जनशक्तिको व्यवस्था सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको बताए । कार्यविधि बनाएर पुनर्निमाणका काम थालिने जानकारी उनले दिए ।

भूकम्पमा ज्यान गुमाएकाका  परिवारलाई रु दुई लाख रकम र घाइतेहरुको उपचारका लागि रकम तत्काल उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै