• २०८१ बैशाख २८ शुक्रबार

स्लोभाकिया र हंगेरी युरोकपमा छनौट

kharibot

काठमाडौँ । स्लोभाकिया र हंगेरी युरो कपमा छनौट भएको छ । गएराती सम्पन्न खेलमा स्लोभाकियाले आइसल्याण्डलाई ४-२ गोल अन्तरले पराजित गरेसँगै समुह जे बाट युरोकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

स्लोभाकियाको ९ खेलमा १९ अंक भएको छ र समुह जे मा दोस्रो स्थानमा छ । एक खेल खेल्न बाँकी हुदै यस समुहबाट पोर्चुगल र स्लोभाकिया युरोकपका लागि छनौट भएका छन् ।

त्यसैगरी हंगेरीले गएराती बुल्गारियासँग २-२ गोलको बराबरी खेलेसँगै युरोकपमा छनौट भएको छ । समुह जी मा रहेको हंगेरीको ७ खेलमा १५ अंक रहेको छ र समुहमा शिर्ष स्थानमा रहेको छ ।

 २०२४ को जुन १४ देखि १४ जुलाईसम्म हुने युरोकपका लागि अहिलेसम्म आयोजक जर्मनीसहित बेल्जियम, फ्रान्स, पोर्चुगल, स्पेन, स्कटल्याण्ड, टर्की, अस्ट्रिया, ईङल्याण्ड, हंगेरी र स्लोभाकिया छनौट भएका छन् । युरो कपमा २४ देशको सहभागिता रहन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै