• २०८१ बैशाख १६ आइतबार

नर्वे युरोकपबाट बाहिरियो

kharibot

काठमाडौँ । विश्व फुटबलमा नयाँ फुटबल स्टार इर्लिंग हालाण्ड २०२४ को युरोकप खेल्न नपाउने अवस्था देखिएको छ । नर्वे युरोकपमा छनौट हुने सम्भावना सकिएसँगै अब युरोकपमा सुपरस्टार हालाण्डलाई नदेखिने भएको हो ।

नर्वे रहेको समुह ए बाट स्पेन र स्कटल्याण्ड युरोकपमा पहिलो र दोस्रो हुदै छनौट भइसकेकाले अब नर्वे युरोकपबाट बाहिरिएको हो ।

नर्वेले अहिलेसम्म ७ खेल खेलेको छ र ३ जित एक बराबरी र ३ खेलमा हार बेहोर्दै १० अंक बटुलेको छ । अब एक खेल स्कटल्याण्डसँग खेल्न बाँकी रहेका अवस्थामा नर्वे युरोकपमा स्थान बनाउन असफल भएको छ ।

योसँगै नर्वेले अर्को महत्वपूर्ण प्रतियोगिता गुमाएको छ । नर्वे गत बर्ष सम्पन्न फिफा विश्वकपमा समेत छनौट हुन असफल भएको थियो ।

युरोकपमा आयोजक जर्मनीसहित २४ देशले भाग लिदै छन् । जसमा १० समुहका विजेता र उपविजेता गरि २० देश सिधै छनौट हुने छन् भने बाँकी ३ देश युइएफए नेसन्स लिगको वरियता अनुसार प्लेअफ खेल्दै युरोकपमा छनौट हुने छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै