• २०८१ बैशाख १६ आइतबार

युरोकपमा छनौट हुने २० देशको टुंगो लाग्यो, को को पुगे ?

kharibot

काठमाडौँ । युरोकप २०२४ मा कुल २० देश छनौट भएका छन् । युरोपका २४ देशले भाग लिने युरोकपमा छनौट खेलबाट अब एक देश छनौट हुन बाँकी छ  भने बाँकी ३ देश प्लेअफबाट छानिने छन् । 

अब समुह डी बाट समुह चरणका अन्तिम खेल आज राति सकिएपछि आयोजकसहित युरोकपका २१ देश छनौट हुने छन् । 

युरोकप २०२४ को जुन १४ देखि १४ जुलाईसम्म जर्मनीमा हुदै छ । आयोजकका हिसाबले जर्मनी सिधै छनौट भएको छ भने युरोकपका लागि छनौट भएका अन्य देशमा समुह ए बाट स्पेन र स्कटल्याण्ड, समुह बि बाट फ्रान्स र नेदरल्याण्डस, समुह सी बाट इङल्याण्ड र इटाली छानिएका छन् । 

त्यस्तै समुह डी बाट टर्की छनौट भएको छ भने अब अन्तिम खेलपछि क्रोसिया र वेल्स मध्ये एक देश सिधै छनौट हुने छ । 

त्यसैगरी समुह इ बाट अल्बानिया र चेक रिपब्लिक छनौट भएका छन् भने समुह एफ बाटबेल्जियम र अस्ट्रिया छनौट भएका छन् । त्यसैगरीसमुह जी बाट हंगेरी र सर्बिया, समुह एच बाट डेनमार्क र सर्बिया, समुह आइ बाट रोमानिया र स्वीजरल्याण्ड तथा समुह जे बाट पोर्चुगल र स्लोभाकिया युरोकपका लागि छनौट भएका छन् । 

आगामी युरोकपमा म्यानचेस्टर सिटीबाट खेल्ने इर्लिंग हलाण्डको देश नर्वे भने छनौट हुन असफल भएको छ । समुह ए मा रहेको नर्वे ८ खेलमा ११ अंकसहित तेस्रो भएको थियो । सिधै छनौट हुन असफल भएको नर्वे नेसन्स लिगमा खराब प्रदर्शनका कारण प्लेअफ समेत खेल्न नपाउने भएपछि युरोकपमा पुग्न असफल भएको हो । 

अब तीन स्थानका लागि प्लेअफमा पोल्याण्ड, वेल्स/क्रोसिया, इजरायल, बोसनिया हर्जगोभिना, फिनल्याण्ड, युक्रेन, आइसल्याण्ड, गार्जिया, ग्रीस, काजकिस्तान, लक्जेम्बर्ग र इस्टोनिया खेल्ने छन् ।  प्लेअफमा युइएफए नेसन्स लिगको प्रदर्शनका आधारमा तय गरिएको वरियता अनुसार खेल्ने अवसर दिइएको युइएफएले जनाएको छ । प्लेअफको ड्र भने नोभेम्बर २३ मा हुने छ भने प्लेअफका खेल आगामी मार्चमा हुने छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै