• २०८१ बैशाख २२ शनिबार

डेभिड धवन र गोविन्दाले मेटाए असमझदारी !

kharibot

काठमाडौँ । बलिवुडमा एक समयको चर्चित निर्देशक र कलाकारको जोडी मानिने निर्देशक डेभिड धवन र अभिनेता गोविन्दाबीच रहेको मनमुटाव हटेको छ ।

लामो समयसम्म एक अर्काबाट टाढा रहेका डेभिड र गोविन्दाले पछिल्लो समय भेटेर आफुहरुबीचको असमझदारीको अन्त्य गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दुवै पछिल्लो पटक निर्माता रमेश तौरानीको दिवाली पार्टीमा भेट गरेका थिए । गोविन्दाले डेभिड धवनसँगको भेट बारेमा जानकारी दिदै आफुहरुबीचको असमझदारी मेटिएको बताएका छन् ।

बम्बे टाइम्सलाई दिएको अन्तर्वार्तामा गोविन्दाले आफु करिब २० वर्षपछि बलिउड पार्टीमा उपस्थित भएको बताउदै डेभिड धवनसँगको असमझदारी मेटिएको बताए । गोविन्दाले हालै आफ्नो सोसल मिडिया अकाउन्टमा डेभिडसँगको यो तस्बिर सेयर गर्दै ८० र ९० को दशकमा आफ्ना दुई श्रीमती सुनिता र डेभिड रहेको लेखेका थिए ।

अन्तर्वार्तामा गोविन्दाले डेभिडसँग दुई पटक भेट भएको बताउदै फिल्मको बारेमा भने कुनै छलफल नभएको बताएका छन् । उनले भनेका छन्- 'हामी विगतका असमझदारीलाई अगाडी लैजानेमा विश्वास गर्दैनौं । हामीले हाम्रा असमझदारीहरूको समाधान गरेका छौं । तर, यो भेटमा फिल्मको बारेमा कुरा गर्नु हाम्रो प्राथमिकता थिएन, हामीले आफ्ना राम्रा सम्झनाको मात्र कुरा गर्यौं ।'

कुनै समय, गोविन्दा र डेभिडको जोडी एकपछि अर्को सुपरहिट कमेडी फिल्म दिनको लागि परिचित थियो । 

९० को दशकमा गोविन्दा र डेभिडले 'राजा बाबु', 'कुली नम्बर १', 'हिरो नम्बर १', 'बडे मियाँ छोटे मियाँ' र 'साजन चले ससुराल' जस्ता करिब १८ फिल्ममा सँगै काम गरेका थिए । उनीहरुका सबै फिल्मले बक्सअफिसमा शानदार कमाई गरेका थिए ।

गोविन्दाको अन्तिम फिल्म ‘राजा रंगीला’ सन् २०१९ मा रिलिज भएको थियो, जुन फिल्म बक्स अफिसमा फ्लप भएको थियो भने । सन् २०२० मा डेभिडले छोरा वरुण धवनसँग गोविन्दाको फिल्म ‘कुली नम्बर १’ को रिमेक बनाएका थिए, जुन बक्स अफिसमा नराम्ररी फ्लप भएको थियो ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै