• २०८१ बैशाख १६ आइतबार

सारा तेन्दुलकरको गुनासो- इन्टरनेटमा मेरा तस्बीरको दुरुपयोग गरियो

kharibot

सारा र उनका भाई अर्जुन तेन्दुलकरको तस्बिरलाई बदलेर अर्जुनको स्थानमा शुभमनलाई राखेर बनाइएको तस्बिर

काठमाडौँ । महान क्रिकेटर सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकरले इन्टरनेटमा आफ्नो तस्बीर दुरुपयोग गरिएको प्रति चिन्ता प्रकट गरेकी छन् । साराको नाम क्रिकेटर शुभामन गिलसंग जोडेर सामाजिक सञ्जालमा तस्बीर भाइरल गराएपछि साराले दुख व्यक्त गर्दै आफु डिपफेकको सिकार भएको बताएकी छन् ।

साराले आफ्नो इन्स्टाग्राम स्टोरीमा लेखेकी छिन्, ‘सामाजिक सञ्जाल हामी सबैका लागि हाम्रा सुख, दु:ख र दैनिक क्रियाकलापहरू बाँड्ने एउटा राम्रो ठाउँ हो । तर, प्रविधिको दुरुपयोग हुनु चिन्ताजनक छ । यसले सत्यबाट टाढा लैजान्छ ।'

साराले अगाडी लेखेकी छन्- 'मेरो केही डिपफेक तस्विरहरू छन् जुन वास्तविकताभन्दा धेरै टाढा छन्  । एक्स (पहिले ट्विटर) मा सारा तेन्दुलकर नामको खाताले आफैलाई प्यारोडी घोषणा गरेको छ तर स्पष्ट रूपमा मेरो नाममा मानिसहरूलाई भ्रमित गरिरहेको छ । मेरो एकसमा एकाउन्ट छैन । मलाई आशा छ कि एक्सले यी खाताहरू हेर्नेछ र तिनीहरूलाई निलम्बन गर्नेछ ।'

साराको नाम क्रिकेटर शुभमन गिलसँग लामो समयदेखि जोडिएको छ । क्रिकेट फ्यानहरुले समेत यिनै भाइरल तस्बीरको आधारमा स्टेडियममा सारा र शुभमनको नाम जोडेर नाराबाजी समेत गरेको पटक पटक देखिएको थियो । पछिल्लो पटक सारा र उनका भाई अर्जुन तेन्दुलकरको तस्बिरलाई बदलेर अर्जुनको स्थानमा शुभमनको तस्बिर राखेर भाइरल गरिएको थियो । साराभन्दा पहिले अभिनेत्री रश्मिका मन्डन्ना र कट्रिना कैफ डीपफेकको सिकार भएकि थिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै