• २०८१ बैशाख १६ आइतबार

एपीवान टिभीले रोक्यो भूषण दाहालले लिएको दुर्गा प्रसाईंको अन्तर्वार्ता

kharibot

काठमाडौं । एपीवान टीभीले वरिष्ठ पत्रकार भूषण दाहालले लिएको दुर्गा प्रसाईंको अन्तर्वार्ता प्रशारणमा रोक लगाएको छ ।

पत्रकार भुषण दाहालले एपीवान टिभीले अन्तर्वार्ता प्रसारण नगरिने जानकारी दिएको उल्लेख गर्दै सामाजिक सञ्जालबाट असन्तुष्टि वयक्त गरेका छन् । उनले लेखेका छन्, ‘वाह ! लोकतन्त्र, ३५ वर्षको मेरो टेलिभिजन यात्रामा पहिलोपटक, बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी एपी १ एचडीबाट प्राप्त भएकाले खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँछु ।’

उनले टेलिभिजनले रोकेको प्रसाईको अन्तर्वार्ता युट्युबमा प्रशारण गर्ने जानकारी दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै