• २०८१ जेठ ६ आइतबार

कतारका विदेश राज्यमन्त्री मुराइखी बिहीबार नेपाल आउदै

kharibot

काठमाडौं । कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुराइखी बिहीबार दुई दिने भ्रमणका लागि नेपाल आउने भएका छन् ।

परराष्ट्र मन्त्रालयले कतारका विदेश राज्यमन्त्री मुराइखी दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आउने जानकारी दिएको हो ।

भ्रमणका क्रममा अल–मुराइखीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

यस्तै मुराइखीले परराष्ट्र सचिव भरतराज पौड्यालसँग द्विपक्षीय बैठकमा समेत सहभागी हुने मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै