• २०८१ बैशाख १५ शनिबार

नेचर इन्डेक्सको विश्वव्यापी विज्ञान सहर वरियतामा बेइजिङ पुनः शीर्ष स्थानमा

kharibot

फाइल तस्बीर

बेइजिङ । बेइजिङ पुनः विश्वको शीर्ष विज्ञान सहर बनेको नेचर इन्डेक्स ग्लोबल साइन्स सिटी २०२३ द्वारा बुधबार जारी वरियतामा उल्लेख छ । 

अठासी वटा उच्च गुणस्तर भएका शोध पत्रिकाहरूमा लेखहरूको लेखकत्वका आधारमा नेचर इन्डेक्सले मापन गर्दा बेइजिङ विश्वव्यापी विज्ञान सहरको वरियतामा पहिलो स्थानमा पुगेको यो लगातार सातौँ पटक हो ।  

शीर्ष १० सूचीमा बेइजिङपछि न्यूयोर्क महानगरीय क्षेत्र, साङ्घाई, बोस्टन महानगरीय क्षेत्र, सान फ्रान्सिस्को खाडी क्षेत्र, नानजिङ, बाल्टिमोर–वासिङ्टन, गुआङ्जाओ, टोक्यो महानगरीय क्षेत्र र वुहान रहेका छन् । 

बेइजिङबाहेक अन्य नौ चिनियाँ सहर विश्वका शीर्ष २० विज्ञान सहरमा परेका छन् । पछिल्लो तथ्याङ्कअनुसार कृत्रिम बौद्धिकतामा बेइजिङको पेटेन्ट स्टक विश्वमा पहिलो स्थानमा छ । बेइजिङमा प्रति १० हजार मानिससँग औसत दुई सय १८ दशमलव तीन आविष्कार पेटेन्ट छ । यो चीनमा पहिलो स्थानमा छ । 

“बेइजिङ र अन्य एसियाली सहर विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा तीव्ररूपमा अगाडि बढिरहेका छन्, यिनीहरूलाई यस क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने ठूलो आवश्यकता छ”, सिङ्घुवा विश्वविद्यालयका उपाध्यक्ष जेङ रोङले भने ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै