• २०८१ बैशाख १५ शनिबार

बल्खु प्रदर्शनका १५ घाइतेलाई रेडक्रसको उपचार

kharibot

काठमाडौं । बल्खुमा बिहीबार भएको प्रदर्शनमा घाइते १५ जनालाई नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकले प्राथमिक उपचार सेवा दिएका छन् । 

बल्खुमा दुर्गा प्रसाईं समूहको प्रदर्शन थियो । प्रदर्शनका सहभागीको भीड कालीमाटीतर्फ जान लाग्दा प्रहरीले रोकेको थियो । जसमा दुवै पक्षबीच झडप भएको थियो । प्रहरीले पानीका फोहरा र अश्रुग्यास प्रहार गरेको थियो । त्यसका घाइतेलाई रेडक्रसका स्वयंसेवीले प्राथमिक उपचारको सेवा दिएका हुन् । 

एमाले भ्रातृ संगठन युवा संघको तीनकुने र प्रसाईं समूहको बल्खुमा बिहीबार पूर्वघोषित प्रदर्शन थियो । त्यसमा हुनसक्ने घटनालाई लक्षित गरी नेपाल रेडक्रस सोसाइटीका काठमाडौं र भक्तपुर जिल्ला शाखाबाट एम्बुलेन्ससहित चारवटा प्राथमिक उपचार टोलीहरु परिचालित भएका थिए । 

जसमा ३२ जना स्वयंसेवकहरुको सहभागिता रहेको जिल्ला शाखाहरुले जनाएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै