• २०८१ बैशाख १५ शनिबार

समर्थकको उत्पातपछि ब्राजिलको विश्वकप छनौट संकटमा !

kharibot

काठमाडौँ । ब्राजिलले विश्वकप छनौटमा अंक गुमाउने खतरा बढेको छ । विश्वकप छनौट अन्तर्गत अर्जेन्टिनाविरुद्धको खेल अघि घरेलु मैदानमा ब्राजिलका समर्थकले उत्पात मचाएपछि खेल समयमा शुरु हुन सकेको थिएन ।

घरेलु मैदानमा ब्राजिलका समर्थकले अर्जेन्टिनी समर्थकलाई आक्रमण गरेपछि खेल समयमा शुरु भएको थिएन । खेल समयमा शुरु नभएपछि ब्राजिल र अर्जेन्टिनाका खेलाडीले नै समर्थकलाई शान्त रहन अपिल गर्नु परेको थियो । समर्थकको अवरोधपछि खेल आधा घण्टा ढिलो शुरु भएको थियो । सो खेलमा घरेलु समर्थकलाई स्तब्ध पार्दै अर्जेन्टिनाले १-० गोल अन्तरले जितेको थियो ।

यस घटना बारे लियोनेल मेसीले अपनी असन्तुष्टि व्यक्त गर्दै ब्राजिलका समर्थक खेलमा भन्दा लडनमा ध्यान दिएको टिप्पणी गरेका थिए ।

अब यस घटना बारे फिफाले छानबिन गर्ने बताइएको छ । मिडिया रिपोर्ट अनुसार फिफाको अनुशासन सम्बन्धि आर्टिकल  १७ अनुसार आयोजक एसोसियसन यस्ता घटनाको जिम्मेवार हुने हुनाले छनबिन पछि ब्राजिलको अंक घटाउने वा केहि खेल समर्थक बिना खेल्नुपर्ने सजाय हुन सक्ने बताइएको छ ।

दक्षिण अमेरिकी विश्वकप छनौटमा खेल्नुपर्ने १८ खेल मध्ये ६ खेलमा ३ खेल हारेको ब्राजिलले अंक घटाउने कारवाही बेहोरेमा विश्वकप छनौट नै संकटमा पर्नसक्ने अनुमान गरिएको छ । ब्राजिलको अहिले ६ खेलमा केवल ७ अंक छ र अंकतालिकामा छैटौं स्थानमा छ । ब्राजिल अहिले आफ्ना प्रमुख खेलाडी नेइमार र भिनिसियस जुनियर बिना खेलिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै