• २०८१ जेठ ६ आइतबार

परराष्ट्रमन्त्री र कतारी विदेश राज्यमन्त्रीबीच भेटवार्ता, विपिनको रिहाईको पहल गर्ने प्रतिबद्धता

kharibot

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखीबीच भेटवार्ता भएको छ ।

दुईदिने औपचारिक भ्रमणमा विहिबार अपराह्न  काठमाडौँ आइपुगेका कतारी विदेश राज्यमन्त्री मुरैखीले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री साउदसँग भेटवार्ता गरेका हुन् ।

भेटमा मन्त्री साउदले नेपाली विद्यार्थी विपिन जोशीलाई हमासको नियन्त्रणबाट रिहा गराउन पहल गरिदिन आग्रह गरेका थिए । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री मुरैखीले जोशीको रिहाइका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । इजरायल र हमासबीच युद्ध विराम गर्न कतारले मध्यस्थता गरिरहेकाले कतारले सकारात्मक भूमिका खेलेमा जोशीको रिहाइ हुनसक्ने देखिएको बेला कतारको यस्तो प्रतिबद्धता आएको हो ।

त्यस्तै भेटवार्तामा रोजगार, ब्यापार र लगानी गर्ने विषयमा छलफल भएको मन्त्रलायले जानकारी दिएको छ ।  

कतारी विदेश राज्यमन्त्री मुरैखीले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ भने आजै मुरैखीले परराष्ट्र सचिव पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।  उनी आज नै स्वदेश प्रस्थान फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै