• २०८१ बैशाख २८ शुक्रबार

अदालत गए दुर्गा प्रसाईं, बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

kharibot

काठमाडौँ । दुर्गा प्रसाईले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन् ।

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको पक्षबाट सर्वोच्च अदालतमा शुक्रबार रिट निवेदन दर्ता गराएका हुन् । उक्त रिट निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ ।

शुक्रबारदेखि काठमाडौँको तिनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका प्रसाईलाई प्रहरीले घरबाट बाहिर निस्किन नदिएपछि उनी अदालत गएका हुन् ।

प्रशासनले शुक्रबार तिनकुने क्षेत्रमा प्रदर्शनको अनुमति नदिइएको प्रस्ट पारेसँगै सो क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका अनुसार प्रसाईंलाई उनकै सुरक्षाका लागि घरमै बस्न आग्रह गरिएको बताएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै