• २०८१ बैशाख १५ शनिबार

राशिद खानको ढाडको शल्यक्रिया, बिग बास लिग नखेल्ने

kharibot

काठमाडौँ । अफगानिस्तानका स्टार स्पिनर राशिद खानको ढाडको शल्यक्रिया गरिएको छ । राशिदले सामाजिक सञ्जालमा तस्विर पनि सेयर गर्दै यसको जानकारी दिएका हुन् ।

तस्बिरसँगै उनले क्याप्शन लेखेका छन्, ‘तपाईंको सबै प्रार्थनाका लागि धेरै धेरै धन्यवाद । शल्यक्रिया राम्रोसँग भयो र म अब रिकभरीको बाटोमा छु । म मैदानमा फर्किन आतुर छु ।

ढाडको शल्यक्रियाका कारण राशिद खानले अस्ट्रेलियन क्रिकेट लिग बिग ब्यास लिग (बीबीएल) को यस सिजनबाट आफ्नो नाम फिर्ता लिएका छन् । उनी बिग बास लिगमा एडिलेड स्ट्राइकर्स टिमबाट खेल्छन् । बीबीएलको १३औं सिजन डिसेम्बर ७ बाट सुरु हुँदैछ ।

राशिदले नाम फिर्ता लिएको जानकारी एडिलेड स्ट्राइकर्सले नोभेम्बर २३ मा एक्समार्फत दिएको थियो ।

राशिद सन् २०१७ देखि बीबीएलमा खेल्दै आएका छन् । उनले अहिलेसम्म खेलेका ६९ खेलमा ६.४४ को इकोनोमी रेटमा ९८ विकेट लिएका छन् ।

राशिद खानले यो वर्ष भारतमा भएको एकदिवसीय विश्वकपमा आफ्नो अन्तिम खेल नोभेम्बर १० मा दक्षिण अफ्रिकाविरुद्ध खेलेका थिए । राशिदले विश्वकपका ९ खेलमा ४.४८ को इकोनोमी रेटमा ११ विकेट लिनुका साथै ९४.५९ को स्ट्राइक रेटमा १०५ रन बनाएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै