• २०८१ बैशाख १६ आइतबार

पुर्वराजा ज्ञानेन्द्रको उपस्थितिमा झापामा आज राप्रपाले शक्ति प्रदर्शन गर्दै

kharibot

काठमाडौं । पुर्व राजा ज्ञानेन्द्र शाहले आज विशेष सम्बोधन गर्ने भएका छन् ।

झापाको बिर्तामोडमा आयोजित पृथ्वीनारायण शाहको शालिक अनावरण कार्यक्रममा पुर्व राजा शाहले विशेष सम्बोधन गर्न लागेका हुन् । यस कार्यक्रमका लागि उनी शुक्रबार नै झापा पुगिसकेका छन् ।

पूर्व राजाको भ्रमण व्यवस्थापन गर्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन एकसाता देखि झापामै  छन् । अध्यक्ष लिङदेनले पूर्व राजाको कार्यक्रम व्यवस्थापन र तयारी गरिरहेका छन् ।

पूर्व राजालाई धुलाबारी पूर्वको मेची रिसोर्टमा बस्ने व्यवस्था गरिएको छ । त्यस्तै शनिबार धुलाबारीस्थित निन्दा खोलाको पुलबाट उनको स्वागतमा मोटर साईकल र्याली गरिने भएको छ । पूर्व राजालाई ८ हजार मोटरसाइकले स्कर्टीङ गरेर धुलाबारीबाट बिर्तामोड पुर्याउने कार्यक्रम रहेको राप्रपा झापाले जनाएको छ ।

पूर्व राजाले बिर्तामोडमा ४५ मिनेट पैदल हिँडेर सर्वसाधारणसँग भेट गर्ने कार्यक्रम समेत रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै