• २०८१ बैशाख २० बिहीबार

उदयपुरमा स्कुलको बस दुर्घटना, २५ भन्दा बढी घाइते

kharibot

विराटनगर । वनभोज मनाएर फर्कदै गरेको स्कुल बस दुर्घटना हुँदा उदयपुरमा शनिबार २५ जनाभन्दा बढी घाइते भएका छन् । घाइते हुनेमा बालबालिका र अभिभावक पनि छन् ।

उदयपुरको त्रियुगा नगरपालिका–५ देउरीस्थित अन्नपूर्ण स्कुलको बस मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । उदयपुरका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीका अनुसार वनभोज मनाएर फर्कने क्रममा बस दुर्घटना भएको हो ।

उक्त बसमा ३५ जनाभन्दा बढी सवार रहेको अनुमान गरिएको छ । दुर्घटनालगत्तै घाइतेहरुलाई उदयपुर जिल्ला अस्पताल पुर्याइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै