• २०८१ जेठ ४ शुक्रबार

प्रजातन्त्र सेनानी शर्माको निधनमा कांग्रेस झापामा तीन दिन शोक

kharibot

दमक ।नेपाली कांग्रेस झापाका पूर्वजिल्ला सभापति तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा पूर्णानन्द शर्माको निधनमा पार्टीले तीन दिनसम्म शोक मनाउने भएको छ ।

स्व दाहालको निधनप्रति दुःख व्यक्त गर्दै आज मङ्सिर १२ गते कांग्रेस झापाको जिल्ला कार्यालय बन्द रहने र तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय भएको नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागार्इंले बताए ।

कांग्रेस योद्धा शर्माको निधन भएलगत्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा स्वर्गीय शर्माको निवास पुगेका थिए । 

शर्मासहित कांग्रेस झापाका जिल्ला सभापति देउकुमार थेवेलगायत नेता तथा कार्यकर्ताहरु समवेदना दिन शर्माको निवास पुगेका थिए । कांग्रेस झापाका पूर्वसभापतिसमेत रहेका दाहाल त्यागी नेताका रुपमा चिनिन्छन् । उनले विभिन्न कालखण्डमा पाँच वर्ष जेल, तीन वर्ष निर्वासन, पटकपटक नजरबन्दी, अञ्चल निष्कासन, राजकाजसम्बन्धी मुद्दामा सजाय भोगेका थिए ।

शर्माले छ दशकसम्मका शैक्षिक तथा राजनीतिक जीवनका अन्तरवस्तु समेटेर तीन वर्षअघि ‘त्यागको परिणाम’ नामक आत्मवृत्तान्त प्रकाशन गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै