• २०८१ बैशाख २० बिहीबार

कोप–३३ आयोजना गर्न भारतीय प्रधानमन्त्री मोदीको प्रस्ताव

kharibot

दुबई । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२८ मा संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बनधी सम्मेलन, कोप–३३ आयोजना गर्न शुक्रबार प्रस्ताव गरेका छन् । 

दुबईमा आयोजित जलवायु परिवर्तनसम्बनधी सम्मेलन, कोप–२८ सम्बन्धी छलफलमा बोल्दै मोदीले हरेक देशले जलवायु परिवर्तनको लक्ष्य पूरा गर्नुपर्ने र एकताबद्ध भएर काम गर्नुपर्ने बताए । उनले भने, “आज सारा विश्वले हामीलाई हेरिरहेको छ । पृथ्वी माताले आफ्नो भविष्यको रक्षाका लागि हामीतिर हेरिरहनुभएको छ । हामी सफल हुनैपर्छ । भारतले सन् २०२८ मा कोप ३३ को आयोजना गर्नेछ र यो कुरा म आज यही मञ्चबाट प्रस्ताव गर्दछु ।"

यसै वर्ष जी–२० शिखर सम्मेलनको आयोजना गरेको विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देशको नेताका रूपमा मोदीले विश्वमञ्चमा भारतको छवि उकास्न खोजेका छन् । जलवायु परिवर्तनसँग जुध्न केन्द्रित संयुक्त राष्ट्रसङ्घले आयोजना गर्ने वार्षिक वार्ता कोपलाई विश्वका विभिन्न क्षेत्रहरूमा आलोपालो गरिन्छ र यसले विश्वका राजनीतिक नेतृत्व र उद्योग प्रमुखहरूसहित दशौं हजार प्रतिनिधिहरूलाई आकर्षित गर्दछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै