• २०८१ बैशाख १५ शनिबार

बक्स अफिसमा रणवीरको एनिमलको शानदार शुरुवात

kharibot

काठमाडौँ । रणवीर कपुर अभिनित बलिवुड फिल्म एनिमलले घरेलु बक्स अफिसमा आक्रामक शुरुवात गरेको छ । शुक्रबार रिलिज भएको एनिमलले भारतीय बक्स अफिसमा पहिल्लो दिन ५४ करोड ७५ लाख कमाई गरेको हो।

बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार एनिमल रिलिजको पहिलो दिन सबैभन्दा बढी कमाई गर्ने तेस्रो फिल्म बनेको छ ।

रिलिजको पहिलो दिन शाहरुख खानको जवानले ६५.५० करोड र पठानले ५५ करोड कमाई गरेका थिए । त्यस्तै एनिमलले ५४.७५ करोड कमाएको छ भने केजीएफ- २ ले ५३.९५ करोड कमाएको थियो । त्यसैगरी ऋतिक रोशनको वारले ५१.६० करोड कमाई गरेको थियो ।

एनिमल’ सन्दीप रेड्डी वांगाको निर्देशनमा बनेको हो । कबीर सिंह र अर्जुन रेड्डी फेम सन्दीप रेड्डी वांगा निर्देशित ‘एनिमल’ मा रणबीर कपूर बाहेक बबी देओल, रश्मिका मन्डन्ना, अनिल कपूर, तृप्ति डिमरी, शक्ति कपूर र सुरेश ओबेरोय लगायत धेरै कलाकारले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। 

चलचित्रको संगीत पनि निकै रुचाइएको छ । यो फिल्म हिन्दीसहित तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा हलमा रिलिज भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै