• २०८१ बैशाख १५ शनिबार

भारतको चार प्रदेशको मतगणना जारी, कांग्रेसले दुई राज्य गुमाउने संकेत

kharibot

नयाँ दिल्ली । भारतका चार राज्य मध्यप्रदेश, छत्तीसगढ, राजस्थान र तेलंगानाको विधान सभा निर्वाचनको मत गणना अहिले जारी रहेको छ ।

मतगणनाको शुरुवाती रुझानमा केन्द्रमा सत्तामा रहेको भारतीय जनता पार्टी (बिजेपी) ले तीन राज्यमा अग्रता बनाएको छ भने एक राज्यमा नेशनल कांग्रेस अगाडी रहेको छ ।

२३० सदस्यीय मध्य प्रदेशमा अहिलेसम्म बिजेपी १५७ स्थानमा अगाडी रहेको छ भने कांग्रेस ७२ र अन्य एक स्थानमा अगाडी रहेका छन् । मध्यप्रदेशमा अहिले बिजेपीकै सरकार रहेको छ र अहिलेसम्मको रुझान हेर्दा बिजेपी नै सत्तामा रहने सम्भावना देखिएको छ ।

त्यस्तै ९० सदस्यीय छत्तीसगढमा कडा प्रतिष्पर्धा देखिए पनि पछिल्लो रुझानमा केहि सिटले बिजेपी अगाडी देखिएको छ । बिजेपी अहिलेसम्म ४७ सिटमा अगाडी छ भने कांग्रेस ४३ सिटमा अगाडी रहेको छ । छत्तिसगढमा अहिले कांग्रेसको सरकार रहेको छ ।

त्यसैगरी १९९ सदस्यीय राजस्थानमा बिजेपीले अग्रता हासिल गरेको छ । बिजेपी अहिले १०३ सिटमा अगाडी छ भने कांग्रेस ७९ र अन्य दल १७ स्थानमा अगाडी रहेका छन् । 

त्यसैगरी १९९ सदस्यीय तेलंगाना राज्यमा कांग्रेसले अग्रता बनाएको छ । कांग्रेस ६४ सिटमा अगाडी छ भने बीआरएस ४१ सिटमा अगाडी र्देखिएको छ । त्यस्तै बिजेपी १० र एआइएमआइएम दल ४ सिटमा अगाडी देखिएको छ ।

छत्तीसगढमा दुई चरणमा निर्वाचन भएको थियो । पहिलो चरणमा नोभेम्बर ७ मा २० सिटका लागि मतदान भएको थियो । यसपछि १७ नोभेम्बरमा छत्तीसगढका बाँकी ७० सिट र मध्य प्रदेशका २३० सिटमा मतदान भएको थियो । राजस्थानमा ३० नोभेम्बरमा १९९ सिटका लागि मतदान भएको थियो भने ३० नोभेम्बरमा तेलंगानामा ११९ सिटका लागि मतदान भएको थियो।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै