• २०८१ बैशाख २७ बिहीबार

सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्रबीच १० वर्षे समझदारी

kharibot

काठमाडौं । नेपाल सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र सीम्याटबीच नेपालमा कृषि क्षेत्रको उत्पादन बृद्धि र  व्यवस्थित बजार प्रणालीलाई प्रोत्साहन गर्नेबारे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सिंहदरबारमा भएको समझदारीमा कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव डा गोविन्द शर्मा र सीम्याटका तर्फबाट ब्राम गोभाट्सले हस्ताक्षर गरेका हुन् । 

समझदारीले कृषि क्षेत्रको अनुसन्धान, ज्ञान आदानप्रदान र नवीन प्रविधिको प्रयोगमार्फत नेपालका कृषकहरूले सामना गरिरहेका विभिन्न चुनौतीलाई सम्बोधन गर्ने साझेदारी पत्रमा उल्लेख छ । 

हस्ताक्षर अघि सीम्याटको टोलीलाई स्वागतगर्दै कृषि मन्त्री बेदुराम भुसालले, साझेदारीले कृषि विज्ञानको अभिबृद्धि र नेपालको कृषि क्षेत्रको दिगो विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे । 

सीम्याट मेक्सिकोमा मुख्यालय रहेको एक गैर–नाफामुखी संस्था हो । नेपालसँग सीम्याटको आबद्धता अनौपचारिक रुपमा सन् १९६० को दशकबाट विभिन्न भ्रमण र वैज्ञानिकलाई तालिम प्रदान गर्ने सिलसिलामा शुरू भएको थियो ।

सीम्याट औपचारिक रुपमा सन् १९८५ देखि नेपालमा कृषि उत्पादन र उत्पादकत्व बृद्धि गर्ने उद्देश्यका साथ सक्रिय रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै