• २०८१ बैशाख २१ शुक्रबार

नेपाल–भारत सीमा स्तम्भको मर्मत शुरु

kharibot

तस्बीर: रासस

दाङ । नेपाल–भारत सीमाअन्तर्गत दाङ क्षेत्रमा पर्ने सीमा स्तम्भहरूको मर्मत सुरु भएको छ ।

अहिले ३५ वटा सीमा स्तम्भ (पिलर) को मर्मतको काम भइरहेको छ। कपिलवस्तुदेखि बाँके जिल्लाको सीमासम्म पर्ने करिब ८३ किलोमिटर नेपाल–भारत सीमा क्षेत्र छुटाउने ७७ वटा सीमा स्तम्भमध्ये ३५ वटा सीमा स्तम्भको मर्मत तथा रंगरोगनको काम सुरु भइरहेको हो ।

यसअघि २०७४/०७५ मा नापी विभागकै टोलीले जिल्लामा सीमा स्तम्भहरूको मर्मत गरेको थियो । ७७ वटा सीमा स्तम्भमध्ये ३५ वटा सीमा स्तम्भको मर्मत तथा रंगरोगनको काम सुरु भएको  सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले सीमा स्तम्भ मर्मतको काम थालेको हो । 

दाङमा मङ्गलवार देखि सीमा स्तम्भको मर्मतको काम सुरु भएको छ । जसअन्तर्गत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलका तर्फबाट सिमास्तरको सरसफाइ, रंगरोगन र मर्मतको काम भइरहेको छ । मर्मत टोलीमा सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल सहभागी छन् ।

जिल्लामा ३७ वटा मुख्य र ४० वटा सहायक सीमा स्तम्भहरू छन् । जसमध्ये १४ वटा मुख्य र २१ वटा सहायक सीमा स्तम्भहरूको अहिले नेपालले मर्मत गर्न थालेको छ । 

नेपाल र भारतका बिचमा भएको सहमतिका आधारमा सीमा स्तम्भ मर्मतको काम विभाजन गरेर मर्मत थालिएको छ । यो सहमतिमा जोर अङ्कका सीमा स्तम्भहरू भारतले मर्मत गर्ने उल्लेख थियो भने बिजोर अङ्कका सीमा स्तम्भहरू नेपालले मर्मत गर्ने भन्ने थियो ।   

दुई देशीय सम्झौता अनुसार बिजोर अङ्कका सीमा स्तम्भहरूको मर्मत तथा रंगरोगनको काम नेपालका तर्फबाट भइरहेको छ ।   जोर अङ्कका रहेका सीमा स्तम्भहरू भारत र बिजोर अङ्कमा रहेका सीमा स्तम्भहरू नेपालले मर्मत तथा रंगरोगन गर्ने सहमति हो ।  दुई देशीय सम्झौता अनुसार जोर अङ्कका सीमा स्तम्भहरू मर्मतको जिम्मा पाएको भारतले भने यसअघि नै मर्मत गरिसकेको छ ।

जसअन्तर्गत अहिले ३१ वटा सीमा स्तम्भको सरसफाइ र रंगरोगन मात्रै गर्नुपर्ने छ भने बाँकी चार वटा सीमा स्तम्भहरूको सामान्य मर्मत गर्नुपर्ने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै