• २०८१ बैशाख २८ शुक्रबार

सिग्देललाई रथीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

kharibot

फाइल तस्बीर

काठमाडौं । सरकारले नेपाली सेनाको रथीमा अशोकराज सिग्देललाई बढुवा गरेको छ ।

बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले  उपरथी सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेलाई रथी बनाउन सिफारिस भएपछि उनको उमेरको विवादमा परेका थिए । उमेर विवादमा परेपछि प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए । उनको कात्तिक २४ गतेबाट लागु हुने गरी अघिल्लो मन्त्रिपरिषद् बैठकले राजीनामा स्वीकृत गरेको थियो । 

पाण्डेले राजीनामा दिएपछि प्रधानसेनापति प्रभुराम शर्माले शुक्रबार बढुवाका लागि सिग्देललाई सिफारिस गरेका थिए । सैनिक मुख्यालयमा शुक्रबार रथी सिताराम खड्काको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले सिग्देललाई रथी पदमा बढुवाका लागि सिफारिस गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै