• २०८१ बैशाख १५ शनिबार

एनसेल प्रकरणमा निर्वाण चौधरीको टिप्पणी- अहिलेको अवस्था ल्याउनकै लागि सिजी टेलिकम रोकियो

kharibot

काठमाडौँ । चौधरी समुहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एनसेलको सेयर बिक्री प्रकरणमा टिप्पणी गर्दै १० बर्ष देखि नेपाली टेलिकमलाई स्थापित हुन नदिने पात्रहरुनै एनसेल प्रकरणमा संलग्न रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत चौधरीले सिजी टेलिकमलाई अहिलेको अवस्था ल्याउनकै लागि रोकिएको दाबि गर्दै अहिले देशमा ‘त कुटेजस्तो गर म रोएजस्तो गर्छु’ नामक सिनेमा चलिरहेको कटाक्ष गरेका हुन् ।

उनले भनेका छन्-   

नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएका छन् । सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्विकृती दिइएन भन्ने कुराको अब पटाक्षेप हुदैछ । हेर्दै जाऔँ, अरु के के देख्न पाईने हो !? एनसेल काण्डमा तिनै पात्रहरू संलग्न छन् जसले १० बर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन दिएनन् । आज जे भएको छ यहि गर्नका लागि सीजी टेलिकमलाई यिनीहरू सबै मिलेर रोकेका हुन् । देशमा अहिले ‘त कुटेजस्तो गर म रोएजस्तो गर्छु’ नामक सिनेमा चलिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै