• २०८१ बैशाख २७ बिहीबार

रोकिएन सुन तस्करी, दुबईबाट कसरी आउछ सुन ?

kharibot

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन तस्करी रोकिएको छैन । दुबईको बाटो भएर ठूलो परिमाणमा सुन ओसार्नेक्रम जारी रहेको पछिल्ला घटनाले देखाएको छ । गएराती गोरखाका चन्द्र बहादुर घलेले ल्याएको १४ किलो सुन विमानस्थलमा समातिएको छ ।

चिनियाँ यात्री ली हानसोङले गत असोजमा फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आउँदा ई–सिगरेट (भेप) भित्र राखेर ल्याएको करिब ९ किलो सुन छिराउने प्रयास गरेका थिए । 

गोरखाका चन्द्र बहादुर घलेले हिजोमात्रै १४ किलो सुन ल्याएका थिए तर उनी पनि सुन बोकेर गन्तव्यसम्म पुग्न सफल हुन पाएनन् । 

दुबैजनाले दुबईबाट सुन बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको आँखा छल्ने असफल प्रयास गरेका थिए । घले हिजो बिहीबार मध्यरातमा ठूलो परिमाण सुन सहित समातिएका थिए ।

असोजमा पक्राउ परेका चिनियाँ नागरिक दावोजिन वाङका सवारी चालक लोकेन्द्र पौडेल थिए। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको थियो। घलेलाई भन्सार कार्यालयले समातेर नियन्त्रणमा लिएको छ ।

सुन आउँदै छ भन्ने सूचना पाएपछि भन्सार  विभागका महानिर्देशक शोभाकान्त पौडेल आफैं राती विमानस्थलमा पुगेका थिए । अवैध रूपमा सुन आउने सुराकी पाएपछि एक हप्तादेखि निगरानी गरेकोमा धेरै मेहनत पछि सुन समात्न सफल भएको पौडेलले बताएका छन् ।

दुबई भन्सारबाट कसरी ठूलो परिमाणको सुन छिराएर ल्याए भन्ने विषयमा भने आशङ्का उब्जिएको भन्सार अधिकारी बताउँछन् । गएको साउन ३ गते विमानस्थलमा ६१ किलो सुन बरामद भएपछि भन्सार विभागले विशेष सन्यत्रमार्फत नियमित निगरानी गरिरहेका छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै