• २०८१ बैशाख १६ आइतबार

कोपा अमेरिका- २०२४ को ड्र सार्वजनिक, कुन समुहमा कुन देश परे ?

kharibot

काठमाडौं । दक्षिण अमेरिकी देशहरु बीच हुने प्रतिष्ठित कोपा अमेरिका फुटबल प्रतियोगिताको ड्र सार्बजनिक गरिएको छ । सन् २०२४ को जुनमा हुने कोपा अमेरिकाको खेल तालिका शुक्रबार सार्बजनिक गरिएको हो ।

अमेरिकामा हुने कोपा अमेरिकामा दक्षिण अमेरिका १० देश र उत्तर तथा मध्य अमेरिकी ६ देश सहभागी हुदै छन् । 

प्रतियोगितामा दक्षिण अमेरिकाबाट १० देश अर्जेन्टिना, बोलिभिया, ब्राजिल, चिली, कोलोम्बिया, इक्वेडर, पराग्वे, पेरु, उरुग्वे र भेनेजुएला खेल्दै छन् । त्यस्तै उत्तर तथा मध्य अमेरिकी देशबाट नेसन्स लिग र प्लेअफबाट ६ देश छानिदै छन् ।

उत्तर अमेरिकाबाट कोनकाकाफ नेसन्स लिग २०२३–२५ को शीर्ष चारमा रहेका आयोजक अमेरिकासहित मेक्सिको, जमैका र पानामा सिधै छनोट भएका छन् भने बाँकी दुई टिम प्लेअफ खेलेर छनौट हुने छन् । 

शुक्रवार बिहान सार्वजनिक ड्र अनुसार डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना पेरु र चिलीसहित समुह ए मा परेको छ । साथै प्लेअफबात आउने कोनकाकाफ क्षेत्रको पाँचौं टिम यस समुहमा हुने छ । 

त्यस्तै समूह बी मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका रहेका छन् भने समूह सी मा आयोजक अमेरिकासहित उरुग्वे, पानामा र बोलिभिया रहेका छन् । त्यस्तै समूह डी मा ब्राजिल, कोलम्बिया, पाराग्वे छन् भने प्लेअफबाट आउने कोनकाकाफ क्षेत्रको छैटौं देश हुने छ ।

चार समुहका विजेता र उपविजेता सिधै क्वाटरफाइनलमा पुग्ने छन् । कोपा अमेरिकाको पहिलो खेल २०२४ को जुन २० मा अर्जेन्टिना र प्लेअफबाट आउने कोनकाकाफ क्षेत्रको पाँचौं टिमबीच हुने छ । प्रतियोगिताको फाइनल खेल जुलाई १४ मा हुदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय