• २०८१ बैशाख १६ आइतबार

त्रिभुवन विमानस्थलबाट फेरी ६ किलो सुन बरामद

kharibot

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरी ६ किलो सुन बरामद भएको छ । केहि दिन अघि मात्र १४ किलो सुन बरामद घटनाको चर्चा जारी रहेका बेला गएराती विमानस्थलमा ६ किलो सुनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् ।

प्रहरी स्रोतका अनुसार शनिवार राति दुबईबाट नेपाल आएका दुई यात्रु अवैध सुनसहित पक्राउ परेको हुन् । प्रहरीले एक इजिप्ट र सुडानीलाई नियन्त्रणमा लिइएको छ ।

उनीहरुसँग बरामद भएको तरल सुन फेला परेको बताइएको प्रहरी स्रोतले बताएको छ ।

पक्राउ परेका व्यक्तिहरू लगाएको भित्री ज्याकेटमा गोजी बनाएर छ वटा प्याकेटमा ती सुन फेला परेको हो । विमानस्थलको भन्सार कार्यालय पार गरेर बाहिर निस्कने क्रममा उनलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसअघि मङ्सिर २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै