• २०८१ बैशाख १६ आइतबार

खतरनाक पिच भन्दै रद्ध गरियो बिग बास लिगको खेल

kharibot

काठमाडौँ । अस्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा आइतबार अचम्मको घटना घटेको छ । आइतबार मेलबर्न रेनेगेड्स र पर्थ स्कोर्चर्सबीचको खेल खराब पिचका कारण रद्द भएको छ । आइतबार जिलङको स्टेडियममा असुरक्षित पिचका कारण खेल रद्द गर्नु पर्ने यो लिग इतिहासमा पहिलो पटक हो ।

खेल ४१ बल अर्थात् ६.५ ओभर मात्र चलेको थियो । त्यतिबेला स्कर्चर्स ब्याटिङ गरिरहेको थियो । मेलबर्नका बलर विल सदरल्यान्डले एउटै पिचमा तीन पटक बललाई फरक गति र बाउन्स दिन थालेपछि पिच खराब रहेको देखिएको थियो ।

त्यसपछि पिच हेरेर अम्पायरले तुरुन्तै खेल रोक्ने निर्णय गरे र २० मिनेटपछि खेल रद्द गरे । अम्पायरले खेल जारी राख्न निकै खतरनाक भएको बताए । त्यसपछि पर्थ स्कर्चर्सले २ विकेट गुमाएर ३० रन बनाएको थियो ।

सातौं ओभरमा जोस इंग्लिस ब्याटिङ गरिरहेका थिए । पिचमा अनियमित बाउन्सका कारण उनी हरेक बलमा पिच पिटिरहेका थिए । खेलको बीचमा जोस रिसाएका थिए र अम्पायरलाई भने, यो मजाक हो । यसपछि अम्पायरले खेल रोक्ने निर्णय गरे ।

खेलमा अम्पायर बेन ट्रेलोरले सुरुमा पिच खेल्न योग्य देखिए पनि सुरुका ओभरमा पिचले आफ्नो रंग देखाउन थालेको बताए । उनले केही समयमै पिच राम्रो हुन्छ भन्ने सोचेपनि तर अन्तिम बल (६.५) मा खेल्नका लागि पिच खतरनाक बन्दै गएको महसुस भएपछि त्यसैले खेल रद्द गर्ने निर्णय गरेको बताए ।

खेलको दोस्रो बलमा टम रोजर्सको बल स्विङ भयो र ब्याट्सम्यान स्टीफन एस्किनाजी एलबीडब्लू भए र एस्किनाजीले स्विङमा विश्वास गर्न सकेनन् र पिच हेर्न थालेका थिए । शनिबार जिलङ स्टेडियम क्षेत्रमा पानी परेको थियो । वर्षाको समयमा, कभरबाट पानी चुहेको थियो, जुन सिधै पिचको सतहमा गयो र पिच बिग्रेको थियो । 

क्रिकेट अष्ट्रेलियाले एक विज्ञप्ति जारी गर्दै बोर्डले खेल रद्द भएको विषयमा विस्तृत समीक्षा गर्ने जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै