• २०८३ असार २७ शनिबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, ८३ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, ८३ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ८३ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा ३  जना, काठमाडौँमा २ जना र बागमती प्रदेशमा एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा ८३ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २९ जना घाइते भएका छन् भने काठमाडौँमा २२ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २१ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा ९ जना र कर्णालीमा २ घाइते भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै