• २०८१ बैशाख २८ शुक्रबार

पहिचानवादीले जलाइदिए एमालेको गेट, ८ जना पक्राउ

kharibot

विराटनगर। नेकपा एमालेले तयार पारेको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका छन् ।  झुलाघाट– चिवा भञ्ज्याङ्ग संकल्प यात्रामा रहेको एमालेले ओखलढुंगामा तयार पारेको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका हुन् ।  
एमालेको संकल्प यात्रालाई अवरोध गरेको आरोपमा आठजना पक्राउ परेका छन् । 

ओखलढुङ्गा, खोटाङ्गलगायतका जिल्लामा मध्यपहाडी लोकमार्गमा रुख ढालेर बाटो

अवरोध गर्ने पहिचानवादीका आठजनालाई प्रहरीले पक्राउ गरेको हो । 

सङ्कल्प यात्राका क्रममा दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओली उदयपुर, ओखलढुंगा, खोटाङ र सोलुखुम्बुको संयुक्त व्यवस्थापनमा तयार पारिएको घुर्मी–हर्कपुर आउने कार्यक्रम छ । सो कार्यक्रमलाई अवरोध गर्न पहिचानवादीहरुले बन्दको आह्वानसमेत गरेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै