• २०८१ जेठ ६ आइतबार

भरूवा बन्दुकसहित एकजना पक्राउ

kharibot

मकवनापुर। बकैया गाउँपालिका-११ सिमलट्वाक बस्ने ३७ वर्षीय सोम बहादुर नेसुरलाई अवैध भरूवा बन्दुक २ नाल र बन्दुकमा प्रयोग हुने बारुद, छर्रासहित प्रहरीले पक्राउ गरेको छ । 

नेसुरले आफ्नो घरमा भरूवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठिंगनबाट खटिएको प्रहरीले उनको घरको तलासी गर्ने क्रममा उक्त हातहतियारसहित उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै