• २०८१ बैशाख १६ आइतबार

सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

kharibot

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आन्तरिम आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले रिटको अन्तिम टुंगो नलगेसम्म महानगरले मंसिर १२ गतेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

काठमाडौं‌ महानगरपालिकाले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐनलाई आधार बनाएर बिक्रीवितरण समेतमा पूर्ण प्रतिबन्ध लगाइएको छ भन्ने सूचनाले निवेदकहरूलाई अपुरणीय क्षति पुग्न सक्ने भन्दै यस्तो आदेश दिएको हो ।

महानगरपालिकालाई विपक्षी बनाई श्रीराम टोवाको उद्योगले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै