• २०८१ बैशाख १६ आइतबार

बेन्जमा फेम इत्तिहाद फिफा क्लब विश्वकपबाट बाहिरियो

kharibot

काठमाडौँ । साउदी क्लब अल इत्तिहाद फिफा क्लब विश्वकपबाट बाहिरिएको छ । गएराती सम्पन्न क्लब विश्वकपको दोस्रो राउण्डको खेलमा अल इत्तिहाद इजिप्टको क्लब अल अहलीसँग ३-१ गोल अन्तरले पराजित गरेको हो ।

अल अहलीको जितमा अलि मालोउल, हुसेन ई शाहत र इमान अशोउरले एक एक गोल गरेका थिए । त्यस्तै अल इत्तिहादका लागि एक गोल करिम बेन्जमाले गरेका थिए । त्यस्तै यस खेलमा एन्थोनी मोडेस्टले खेलको ९०औं मिनेटमा रातो कार्ड पाएका थिए ।

यो जितपछि अल अहली क्लब विश्वकपको सेमिफाइनलमा पुगेको छ । अब अहली सेमिफाइनलमा ब्राजिलको क्लब फ्लुमीनेन्सविरुद्ध सोमबार खेल्ने छ । यसका साथै बेन्जमा फेम क्लब अल इत्तिहाद क्लब विश्वकपबाट बाहिरिएको छ । साथै अर्को खेलमा मेक्सिकन क्लब लेओनलाई १-० गोल अन्तरले हराउदै जापानिज क्लब उर्वा रेड डायमण्ड सेमिफाइनलमा पुगेको छ ।

अब सेमिफाइनलमा उर्वाले म्यानचेस्टर सिटीसँग खेल्ने छ ।

फिफा क्लब विश्वकपमा सात कन्फेडेरेसनका विजेता क्लब खेल्ने गर्दछन । अहिलेसम्म क्लब विश्वकपको रियल म्याड्रिडले सबैभन्दा बढी ५ पटक जितेको छ भने बार्सिलोनाले ३ पटक जितेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै