• २०८१ बैशाख १६ आइतबार

आर्सनल प्रिमियर लिगको शिर्ष स्थानमा

kharibot

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनल शिर्ष स्थानमा उक्लिएको छ ।

गएराती सम्पन्न खेलमा आर्सनलले ब्राइटनलाई २-० गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको थियो । सो जितमा आर्सनलका गाब्रियल जिसस र काइ हाभेर्टले एक एक गोल गरेका थिए ।

गएरातिनै सम्पन्न लिभरपुल र म्यानचेस्टर युनाइटेडबीचको खेल गोलरहित बराबरीमा टुंगिएपछि त्यसको फाइदा आर्सनललाई भएको छ ।

लिगका १७ खेल सकिदा आर्सनलको ३९ अंक रहेको छ र लिगमा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै लिभरपुल भने १७ खेलमा ३८ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यसै गरि लिभरपुललाई गोलरहित बराबरीमा रोक्न सफल म्यानचेस्टर युनाइटेडको १७ खेलमा २८ अंक भएको छ र लिगमा सातौं स्थानमा झरेको छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै