• २०८१ बैशाख १९ बुधबार

पाँच लाख घूससहित वडाध्यक्ष पक्राउ

kharibot

बारा। जितपुर सिमरा नगरपालिका–३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पक्राउ गरेको छ । कार्की रु पाँच लाख घूससहित पक्राउ परेका हुन्  ।  

वडाध्यक्ष कार्कीलाई जितपुरस्थित जैसवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घूसबापत पाँच लाख नगद रकम लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप क्षेत्रीले बताए ।

घटनाबारे अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ । 

पक्राउ परेका वडाअध्यक्ष नेकपा (एमाले) पार्टीबाट निर्वाचित भएक थिए । उनि एमाले मधेस प्रदेश कमिटीको सदस्य पदमा रहेका छन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै